बिर्तामोड  । किरात याक्थुङ चुम्लुङ जिल्ला कार्यसमिति झापाले २०७८ सालको राष्ट्रिय जनगणनामा धर्मको महलमा किरात लेख्न झापावासी लिम्वू समुदायमा अपिल गरेको छ ।

किरात याक्थुङ चुम्लुङ जिल्ला कार्यसमिति झापाको आयोजनामा बिर्तामोडमा भएको अपिल सार्वजनिक कार्यक्रममा झापावासी लिम्वू समुदायमा २०७८ सालको राष्ट्रिय जनगणनामा धर्मको महलमा किरात लेख्न अपिल गरेको हो ।

किरात याक्थुङ चुम्लुङ जिल्ला कार्यसमिति झापाका कार्यवाहक अध्यक्ष सेसेहाङ फियाकको अध्यक्षतामा भएको कार्यक्रममा किरात याक्थुङ चुम्लुङका सल्लाहकार क्याप्टेन जगतध्वज वनेमले अपिल सार्वजनिक गर्दै त्यसवारे प्रस्ट्याएका थिए ।

मेरो गणना, मेरो सहभागिता भन्ने नाराका साथ आगामी वि.सं. २०७८ जेठ २५ गतेदेखि असार ८ गते सम्पन्न हुन गइरहेको राष्ट्रिय जनगणनामा सबैलाई सहभागी हुन अपिल गर्दै किरात याक्थुङ चुम्लुङका सल्लाहकार क्याप्टेन जगतध्वज वनेमले जात र जातिको महल, पूर्खाको भाषा, मातृभाषाको महलमा लिम्बू , दोस्रो भाषाको महलमा नजिकको आदिवासी जनजातिको मातृभाषा र धर्ममा किरात धर्म लेख्न झापावासी लिम्वू समुदायमा अपिल गरे ।

समानुपातिक समावेशिताको व्यवस्थालाई अधिकारसम्मत एवम् प्रभावकारी रुपमा कार्यान्वयन गर्न र गराउनका लागि जनसंख्यात्मक आधार निर्माणको लागि जात र जातिको महलमा लिम्बू लेख्नुपर्ने किरात याक्थुङ चुम्लुङ जिल्ला कार्यसमिति झापाका कार्यवाहक अध्यक्ष सेसेहाङ फियाकद्वारा हस्ताक्षरित अपिलमा उल्लेख छ ।

त्यसैगरी मातृभाषाहरूलाई सरकारी कामकाजी भाषाको रूपमा स्थापित गर्न गराउनको लागि जनसंख्यात्मक आधार निर्माणको लागि मातृभाषाको महलमा लिम्वू लेखाउन, दोस्रो भाषाको महलमा नजिकको आदिवासी जनजातिको मातृभाषा लेखाउन र धर्मको महलमा भने धर्मनिरपेक्ष राज्य , बहुधार्मिक , समावेसी र धार्मिक स्वतन्त्रताको हकलाई कायम गर्न गराउन ठूलो घेरामा स्थापित किरात धर्म लेख्न ÷लेखाउन आग्रह गरिएको अपिलमा उल्लेख छ ।

राष्ट्रिय जनगणना जनसंख्या मजवुत बनाउने अवसर भएकाले मजबुत ,विश्वसनीय लिम्वू जनसंख्या निर्माणको लागि राष्ट्रिय जनगणनामा सकृय सहभागिता हुनका लागि यस संगठनसम्बद्ध सबै संघ र केन्द्र, प्रदेश, जिल्ला, नगर र गाउँपालिकास्तरीय समितिहरु, विषयगत संगठन, सम्बद्ध संगठन, प्रथाजनित र थरगत संगठन, लिम्बुजन्य सरोकारवाला संस्थाहरु लगायत सम्पूर्णमा आग्रह गरिएको अपिलमा उल्लेख छ ।

कार्यक्रममा किरात याक्थुङ चुम्लुङ जिल्ला कार्यसमिति झापा सदस्य धिरावती लिम्वू, नरबहादुर मावो, अर्जुनधारा नगरसमिति अध्यक्ष तिलसिं माङ्मू लिम्वूलगायतले आ आफ्नो धारणा राखेका थिए ।
कार्यक्रमको सञ्चालन जिल्ला सदस्य डिल्लीश्वर मुसाहाङ् अम्याङ्साले गरेका थिए ।

Source: https://purwanchaldaily.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *